म पनि त्यसै गरुँ ?




 " कोही मलाई हेर्न आउँदै छ रे भोली !

सोंच्दैछु- के हेर्छ होला उसले ?!

व्यवहार ?!

त्यो त म बनावटी पनि देखाइदिन सक्छु !

मुस्कान ?!

त्यो पनि म जसोतसो अभिनय गरिदिन सक्छु !

आँखा ?! 

नजर जुधाएर लजाइदिन सक्छु 

सजिलै सम्मोहित गरिदिन सक्छु !

ओंठ ?!

उपल्लो दातले तल्लो ओंठलाई 

कला संग सुस्तरी टोकेर 

मर्द मुटुलाई घाइते बनाइदिन सक्छु !

नितम्ब ?

भद्र मुस्कान ओंठमा च्याँपेर 

चाहनाका गिद्दे पन्जाहरूले 

यिनको गोलाई कसरी नछाम्लान र ?

क्षणभरलाई ती चाहनालाई छोइदिन सक्छु !!

योनी ?

सुनेकी छु-

अनुहारको चिल्लोमा चिप्लिएर

छातीमा ठक्कर खाँदै 

योनीको गहिराईमा गई खस्छन रे अक्सर-

पुरुष आँखाका दिव्य दृष्टिहरू !

र 

त्यहिं नेर बन्छन रे 

जीवन साट्ने सम्झौता र स्वीकृतिहरू !!

म पनि त्यसै गरुँ ?! "❤️

Comments

Popular posts from this blog

Are you lost?

🧸❤️

Dremoney.