Posts

Showing posts from December, 2021

म पनि त्यसै गरुँ ?

Image
 " कोही मलाई हेर्न आउँदै छ रे भोली ! सोंच्दैछु- के हेर्छ होला उसले ?! व्यवहार ?! त्यो त म बनावटी पनि देखाइदिन सक्छु ! मुस्कान ?! त्यो पनि म जसोतसो अभिनय गरिदिन सक्छु ! आँखा ?!  नजर जुधाएर लजाइदिन सक्छु  सजिलै सम्मोहित गरिदिन सक्छु ! ओंठ ?! उपल्लो दातले तल्लो ओंठलाई  कला संग सुस्तरी टोकेर  मर्द मुटुलाई घाइते बनाइदिन सक्छु ! नितम्ब ? भद्र मुस्कान ओंठमा च्याँपेर  चाहनाका गिद्दे पन्जाहरूले  यिनको गोलाई कसरी नछाम्लान र ? क्षणभरलाई ती चाहनालाई छोइदिन सक्छु !! योनी ? सुनेकी छु- अनुहारको चिल्लोमा चिप्लिएर छातीमा ठक्कर खाँदै  योनीको गहिराईमा गई खस्छन रे अक्सर- पुरुष आँखाका दिव्य दृष्टिहरू ! र  त्यहिं नेर बन्छन रे  जीवन साट्ने सम्झौता र स्वीकृतिहरू !! म पनि त्यसै गरुँ ?! "❤️