म पनि त्यसै गरुँ ?
" कोही मलाई हेर्न आउँदै छ रे भोली ! सोंच्दैछु- के हेर्छ होला उसले ?! व्यवहार ?! त्यो त म बनावटी पनि देखाइदिन सक्छु ! मुस्कान ?! त्यो पनि म जसोतसो अभिनय गरिदिन सक्छु ! आँखा ?! नजर जुधाएर लजाइदिन सक्छु सजिलै सम्मोहित गरिदिन सक्छु ! ओंठ ?! उपल्लो दातले तल्लो ओंठलाई कला संग सुस्तरी टोकेर मर्द मुटुलाई घाइते बनाइदिन सक्छु ! नितम्ब ? भद्र मुस्कान ओंठमा च्याँपेर चाहनाका गिद्दे पन्जाहरूले यिनको गोलाई कसरी नछाम्लान र ? क्षणभरलाई ती चाहनालाई छोइदिन सक्छु !! योनी ? सुनेकी छु- अनुहारको चिल्लोमा चिप्लिएर छातीमा ठक्कर खाँदै योनीको गहिराईमा गई खस्छन रे अक्सर- पुरुष आँखाका दिव्य दृष्टिहरू ! र त्यहिं नेर बन्छन रे जीवन साट्ने सम्झौता र स्वीकृतिहरू !! म पनि त्यसै गरुँ ?! "❤️